महोत्तरी । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले स्थानीय जनतासँगे भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।
स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देजमोले १ नम्बर प्रदेशका ८ जिल्लामा असोज २ गते हुने स्थानीय निर्वाचनको तयारीस्वरुप छलफल तथा भेटघाट कार्यक्रमलाई तिव्रता दिएको हो ।
देजमोले बर्दिबास ४ माइस्थानमा स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको सचिवालय सदस्य तथा कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए ।
सो क्रममा जनताको उत्साहजनक सहभागिता भएको र संगठन निर्माणको आधार तयार भएको उनले बताए ।
देजमोले स्थानीय तह निर्वाचन उपयोग गर्नुको कारण, यो पश्चगामी संविधानको भण्डाफोर, राष्ट्रघाती तथा जनघातीहरुलाई सबै जनता एक ढिक्का भएर परास्त गर्नुपर्नेमा जोड दिएको छ ।
सो कार्यक्रममा देजमोका नगर संयोजक प्रेम बहादुर भुजेल, क्रान्तिकारी माओवादीका जिल्ला सदस्य नन्दलाल विकलगायतको समेत सहभागिता रहेको थियो ।































