एजेन्सी । हार्भे नामक सामुद्रिक तुफानले अमेरिकाको टेक्सासमा जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

तुफानका कारण टेक्सासको तटीय क्षेत्रमा दुई सय १५ किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको छ । पछिल्लो १२ वर्षमा आएका तुफान मध्ये हार्वे सबैभन्दा खतरनाक हुन सक्ने भन्दै प्रान्तीय गभर्नर एबटले संघीय मद्दतका लागि अपील गरेका छन् ।

टेक्सासका गभर्नरले हार्वे तुफान निकै ठूलो त्रासदी बन्ने खतरा रहेको बताएका छन् । तुफानका कारण टेक्सासको ह्युस्टनसहितका क्षेत्रमा ठूलो बाढी आउने खतरा रहेको अमेरिकाको राष्ट्रिय चक्रवात केन्द्रले चेतावनी दिएको छ ।

तुफानका कारण बढी क्षति हुने अनुमान गरिएका तटीय क्षेत्र नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने क्रम सुरु भएको छ ।

तटीय क्षेत्रका घरमा क्षति हुने क्रम सुरु भइसकेको छ । तर तुफानका कारण उद्धारमा समस्या भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर