काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको ३ नम्बर प्रदेशको बैठकपछि विभिन्न जिल्लाहरुमा संगठनका बैठक सुरु भएका छन् ।

देजमोको ३ नम्बर प्रदेश अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन लगायतका जिल्लामा जिल्ला समितिको बैठक सम्पन्न भएको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य समेत रहेका देजमो ३ नम्बर प्रदेश संयोजक पवनमान श्रेष्ठले जानकारी दिए ।

देजमो काठमाडौंको बैठक जिल्ला समितिका संयोजक किरण शाहीको अध्यक्षता तथा प्रदेश संयोजक पवनमान श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको छ ।

त्यसैगरी चितवन जिल्ला समितिको बैठक सचिवालय सदस्य अम्बिका मुडभरीको उपस्थितिमा संयोजक अशोक शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।

उता काभ्रेमा पनि देजमो जिल्ला समितिको बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेश संयोजक श्रेष्ठ र सचिवालय सदस्य कान्छाराम तामाङको उपस्थिति तथा संयोजक गोपाल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

यस्तै भक्तपुरमा पनि जिल्ला संयोजक विष्णु न्हिसुतुको अध्यक्षमा देजमोको बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । बैठकमा प्रदेश संयोजक पवनमान श्रेष्ठ, पार्टी केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ तथा केन्द्रिय सदस्य श्रीकृष्ण सुलुको उपस्थिति थियो ।

जिल्ला कमिटिका बैठकले गाउँपालिका र नगरपालिका स्तरमा देजमोको गठन, पुनर्गठन र बैठक सम्पन्न गर्ने तथा ति गाउँ तथा नगरपालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँ तथा नगरपालिकाले देजमोका संगठनलाई वडा स्तरसम्म विस्तार गर्ने निर्णय गर्नुका साथै सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

यसैगरी गाउँ तथा नगरपालिकास्तरीय देजमोले गाउँ तथा नगरपालिकाको बजेट तथा विकास निर्माणको योजना अध्ययन र अनुगमन गर्ने निर्णय समेत गरेको छ । ३ नम्रब प्रदेशमा रहेका १३ जिल्लामा चाँडै जिल्ला समितिको बैठकहरु सम्पन्न गरी संगठन गठन÷पुनर्गठन गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

देजमो नुवाको तथा रसुवाको बैठक यही भदौं १३ र १४ गते बस्ने समेत उनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर