काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका २ का वडा अध्यक्ष राजन कोइरालाको निधन भएको छ ।

अज्ञात व्यक्तिको आक्रमणमा परेको आशंकामा पाँच दिनअघि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा निधन भएको हो ।

हार्दिक शुभकामना !

काठमाडौंको नर्भिक अस्पतालमा आइसीयुमा राखेर उपचार गराइरहेका कोइरालाको शुक्रबार राति ११ बजेर ५६ मिनेट जाँदा निधन भएको हो ।

गत आइतबार बेहोस अवस्थामा फेला परेका कोइरालाको ५ दिनअघि देखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

वडाध्यक्ष कोइरालाको निधन कुटपिटबाट भएको हुन सक्ने अनुमान गरिएको मेयर अशोक ब्याञ्जुले डाक्टरको भनाई उदृत गर्दै जनाएका छन् ।

धुलिखेल रवीओपीका बासिन्दा कोइरालालाई बेहोस अवस्थामा भेटेर स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । अहिलेसम्म शंकास्पद कोही पनि पक्राउ परेका छैनन् ।

कोइरालाको देब्रे कानको छेउमा चोट लागेको थियो । चोटका कारण उनको मस्तिष्क फुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर