
झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलाको हत्या आरोपमा उनका श्रीमान् र सासु पक्राउ परेका छन् ।
पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० वर्षीय सवीन र सासु ४० वर्षीया शारदालाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।




शर्मिलाको शंकास्पद अवस्थामा शुक्रबार बिहान घर छेउकै बकाइनाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
बिहान ५ बजे स्थानीयवासीले शर्मिला बकाइनोको रुखमा झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।