काठमाडौं । ७ नं प्रदेशको कैलाली जिल्लामा जानकी गाउँपालिकास्तरीय देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गठन भएको छ । झनक बहादुर विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटीमा नेपालु कठरिया, सुशिला चौधरी, मगनी चौधरी, प्रविता महतो, संगम कठरिया, पतिराम थारु रहेका छन् । ७ नं प्रदेश संयोजक राम बहादुर केसीको प्रमुख उपस्थितिमा भाद्र २ गते उक्त कमिटी गठन गरिएको हो ।
यसैगरि उक्त गाउँपालिकाको ७ नं वडास्तरीय कमिटी पनि गठन भएको छ । बुद्धराम चौधरीको संयोजकत्वमा एक सदस्य पछि थप गर्ने गरी १७ सदस्यीय कमिटी गठन गरिएको छ ।
उक्त कमिटीका सदस्यहरुमा झनक राज विक, गोरे चौधरी, सीता जानकी, विष राम थारु, कल्सी थारु, प्रदेशिया चौधरी, सोमली चौधरी, मंगलादेवी चौधरी, फाटुराम डगौरा थारु, कमारु डगौरा थारु, ठागुराम चौधरी, छल्लु डगौरा थारु, फुलिया चौधरी, खड्ग चौधरी, धोरिया चौधरी रहेका छन् ।
उता जाजरकोट जिल्लामा गोरख बहादुर खड्काको संयोजकत्वमा आउने भाद्र ३० गते जिल्ला भेला गर्ने गरी तयारी समिति गठन गरेको छ । भाद्र २ गते देजमोका केन्द्रीय सदस्य मनोहर लामिछानेको विशेष उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसरी नै गएको श्रावण ३० गते देजमोको रुकुम जिल्लाको बैठक संयोजक खड्क विष्ट अध्यक्षतामा केन्द्रीय सदस्य मनोहर लामिछानेको विशेष उपस्थितिमा बस्यो । बैठकले समसामयिक राजनैतिक परिस्थितिमा छलफल गरी विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेका छन् ।