काठमाडौं । अखिल (क्रान्तिकारी)को सल्यान जिल्ला समिति गएको श्रावण २४मा डिल्ली ओलीको संयोजकत्वमा गठन भएको छ ।
प्रेम प्रकाश वि.क. सहसंयोजक रहेकको उक्त समितिमा सदस्यहरु लोकेश वि.क., प्रेम खड्का, एव बहादुर के.सी, राम खड्का र प्रसन्न बुढाथोकी रहेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) सल्यान जिल्ला ईञ्चार्ज मनोहर लामिछाने र सेक्रेटरी यज्ञ ओलीको उपस्थितिमा उक्त समिति गठन गरिएको छ ।