काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको २६ औं सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । लिगको उद्घाटन खेलमा आर्सनलले लेस्टर सिटीमाथि रोमाञ्चक जित हासिल गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–३ ले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर पाँचौं मिनेटमा शिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए ।

२९ औं मिनेटमा जेमी भार्डीले गोल गरेपछि लेस्टरले अग्रता लियो । यद्यपि यो अग्रतालाई लेस्टरले धेरैसमय जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा ड्यानी वेलबेकले आर्सनलका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा खेल २–२ को बराबरीमा रोके ।

५६ औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि लेस्टरले अग्रता लिएको थियो । ८३ औं मिनेटमा आरोन रामसीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि जिरउडले गोल गर्दै आर्सनललाई जित दिलाए । जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर