एजेन्सी । अफगानिस्तानको पश्चिमी सहर हेरातको एक मस्जिदमा भएको बम हमलामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् ।
हेरातस्थित जवादिया मस्जिदको प्रवेशद्वारा गराएको सो विस्फोटमा दुई जना आक्रमणकारी आएको र ती मध्ये एक जना आत्मघाती हमलाकारी भएको बताइएको छ ।
हेरातका गभर्नरका प्रवक्ताले आत्मघाती हमलाकारी जवादिया मस्जिदमा घुसेर नवाज पढिरहेकाहरुमाथि गोली चलाउन सुरु गरेको र त्यसपछि आफैलाई विस्फोट गरेको जनाइएको छ ।
घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म कुन संगठनले विस्फोट गराएको हो भन्ने बारेमा भने केही खुलेको छैन ।
जवादिया मस्जिदको आसपासको क्षेत्रमा अधिकांश शिया मुस्लिम समुदायका मानिसहरु बस्ने गर्दछन् । हेरात सहर इरानको सीमा क्षेत्र नजिकै रहेको सहर हो ।