उत्तर कोरियाप्रति नरम हुँदै अमेरिकाले भन्यो, ‘हामी दुश्मन होइनौं, सत्तामा परिवर्तन चाँहदैनौं’

उत्तर कोरियाप्रति नरम हुँदै अमेरिकाले भन्यो, ‘हामी दुश्मन होइनौं, सत्तामा परिवर्तन चाँहदैनौं’

एजेन्सी । अमेरिकाले उत्तर कोरिया आफ्नो दुश्मन नभएको बताएको छ । मिसाइल कार्यक्रमलाई लिएर चलिरहेको तनावकाबीच अमेरिकाले उत्तर कोरियामा सत्ता परिवर्तनको चाहाना आफ्नो देशको नभएको जनाएको छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिका उत्तर कोरियासँग वार्ता गर्न चाहेको उल्लेख गरेका छन् । उनले भने,‘हामी उत्तर कोरियाको दुश्मन होइनौंं ।’

यसैबीच एक वरिष्ठ रिपब्लिकन सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग युद्धको विकल्प खोजिरहेको उल्लेख गरेका छन् । पछिल्लो समयमा उत्तर कोरियाले हालै परीक्षण गरेको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने बताइएको छ ।

टिलरसनले भने, ‘हामी सत्तामा परिवर्तन चाँहदैनौं, हामी अहिलेको सरकारको सत्तापलट होस भन्ने पनि चाँहदैनौं, हामी त्यहाँ आफ्नो सेना पठाउने कुनै बहाना पनि खोजेका हैनौं ।’

अमेरिकी विदेशमन्त्री टिलरसनले आफूहरु उत्तर कोरियाको दुश्मन नभएको भन्दै उत्तर कोरियाले आफूहरुलाई आश्चर्यजनक रुपमा अमेरिकालाई आफूहरुका लागि खतरा देखेको उल्लेख गर्दै त्यस्तो अवस्थामा अमेरिका पनि आत्मरक्षाका लागि सैन्य कारबाहीको उत्रन सक्ने संकेत गरे ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणको कार्यक्रमलाई निरन्तरता दिएको छ । उत्तरले गत सातामात्रै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यो समेत उत्तर कोरियाले सन् २०१७ मा मात्रै १४ वटा मिसाइल परीक्षण गरिसकेको छ । रिपब्लिकन सांसद लिण्डसे ग्राहमले उत्तर कोरियाले आफ्नो परमाणु परीक्षणलाई निरन्तरता दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारबाही गर्ने पक्षमा खडा हुने आफूलाई बताएको उल्लेख गरेका छन् ।