पार्टी विधानले लेख्दछ, “सिङ्गो पार्टीले एकीकृत अनुशासन पालन गर्नु पर्दछः व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ र पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छ ।” कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्न, पार्टीकोे एकता र सुदृढिकरणलाई मजबुत बनाउन, यसको संगठनलाई सुद्ध गराउन, सर्बहारा वर्गको अधिनायकत्वलाइ सुदृढ गर्न र क्रान्तिमा विजय हासिल गर्न पार्टी अनुशासन एउटा आवश्यक सर्त हो । कम्युनिष्ट पार्टीको प्रत्येक सदस्य सचेत ढङ्गले यो अनुशासनमा चल्नु पर्दछ र यसलाई पालन गर्नु पर्दछ ।
अनुशासनले कार्यदिशा कार्यान्वयनलाई सुनिश्चित गर्छ
“अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउंछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा निर्धारित हुन्छ र साथै कार्यदिशाको कार्यान्वयनलाई सुनिश्चित गर्दछ । अध्यक्ष माओले परिभाषा गर्नु भए अनुसार समाजवादको पुरै ऐतिहासिक अबधी भरीका लागि पार्टीको आधारभूत कार्यदिशा माक्र्सवादी–लेनिनवादी कार्यदिशा हो र यो हाम्रो सबै कामको लागि आधारभूत सिद्धान्त हो । यो कार्यदिशामा दृढतापूर्वक अडिएर मात्र पार्टीमा सर्बहारावादी अनुशासनलाई बलियो बनाउन र पुरा पार्टीको “सोचाई, नीति, योजना, कमाण्ड र कार्बाहीमा सच्चा एकता” प्राप्त गर्न संभव छ । यो कार्यदिशा छाडनु र गलत कार्यदिशा लागु गर्नुको अनिवार्य अर्थ पार्टीको सर्बहारावादी अनुशासनलाई ध्वंश गर्नु हुन्छ र सर्बहारा वर्गको एकीकृत विचारको सबै कुरा अर्थहीन हुन जान्छ । अनुशासन र कार्यदिशाका बीचको सम्बन्धको एउटा पक्ष यो हो । अर्को तिर, पार्टीको कार्यदिशालाई लागु गर्ने काममा सर्बहारा वर्ग र आम क्रान्तिकारी जनतालाई नेतृत्व गर्न माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको आधारमा उच्चस्तरको केन्द्रीयता र आम पंक्तिको एकता सुनिश्चित गर्नका निम्ति हाम्रो पार्टीलाई एकीकृत अनुशासन आवश्यक पर्दछ । एकीकृत एकता छैन भने, प्रत्येकले आनै तरिकाले चल्छ र चाहे अनुसार गर्छ भने, दिशामा र काममा एकता छैन भने पार्टीको आधारभूत कार्यदिशा लागु गर्न र पार्टीलाई सर्बहारा वर्गको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन गाह्रो हुन्छ ।
सर्बहारा वर्गको अधिनायकत्वको अबधिमा पार्टीभरी एकै प्रकारको अनुशासन लागु गर्ने कुरा सधै भन्दा बढी महत्वपूर्ण छ । किनभने, यो अवधीमा हामीले सबै प्रारंभिक संगठनहरुमा सर्बहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्ने आधारभूत कामलाई राम्रो गरी अगाडी बढाउनु पर्दछ, हामीले समाजवाद निर्माणको गति बढाउनु पर्दछ, आन्तरिक रुपमा पूंजीवादको पूनस्र्थापनालाई र वा≈यरुपमा साम्राज्यवाद तथा सामाजिक साम्राज्यवादद्वारा हुन सक्ने आक्रमण तथा विद्रोहलाई रोक्नु पर्दछ, यो सर्बहारा अनुशासनलाई बलियो बनाएर मात्र गर्न सकिन्छ । लेनिनले औल्याउनु भयो, “जसले सर्बहारा वर्गको पार्टीको फलामे अनुशासनलाई थोरै भएपनि कमजोर पार्छ (खास गरी सर्बहारा अधिनायकत्वका बेला) त्यसले सर्बहारा वर्गका विरुद्ध बुर्जुवालाई सहयोग गरेको हुन्छ ।” यसले स्पष्ट देखाउंछ कि पूजीवादबाट साम्यवाद तर्फ संक्रमणको ऐतिहासिक अवधी भरी हामीले सर्बहारा वर्गको अधिनायकत्वलाई सुदृढ बनाउन र पूजीवादको पुनस्र्थापना रोक्नका निम्ति सर्बहारा वर्गको फलामे अनुशासनलाई निरन्तर बलियो बनाई राख्नु पर्दछ । पार्टीको अनुशासनलाई कमजोर पार्ने उद्देश्यको कुनै कामले वस्तुतः सर्बहारा बर्गका विरुद्ध लडन, सर्बहारा वर्गको अधिनायकत्वलाइ कमजोर पार्न र ध्वंश गर्न समेत पूजीपति वर्गलाई फाईदा पु¥याउंछ ।
पार्टी अनुशासनलाई बलियो बनाउनु पर्ने बारे हामीलाई अध्यक्ष माओले बारंबार सिकाउनु भएको छ । दोस्रो क्रान्तिकारी गुहयुद्धका बेला माओले आनो कृति पार्टीमा गलत विचारलाई सुधार्ने बारेमा पार्टीको अनुशासन नमान्ने अतिजनवाद खोज्ने, संगठन अस्वीकार गर्ने र अन्य हानीकारक प्रवृत्तिहरुको निर्मम ढङ्गले आलोचना गर्नु भएको थियो । यसमा वहांले पार्टीले पारित गरेका दस्ताबेजहरुलाई मान्नु पर्छ, यसको अनुशासनलाई सम्मान गर्नु पर्दछ भन्ने कुरामा जोड दिनु भयो र पार्टी तथा सेना निर्माण गर्दा वैचारिक तथा सांगठनिक हिसाबले अवलंबन गर्नु पर्ने दिशाबारे व्याख्या गर्नु भयो । जापान विरोधी प्रतिरोध युद्धका बेलामा अध्यक्ष माओले उदारबादको विरोध गर भन्ने अर्को एउटा उत्कृष्ट कृति रचना गर्नु भयो जसमा वहांले सिङ्गो पार्टीले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी स्पिरिट सहित उदारवादमाथि कसरी विजय प्राप्त गर्ने भन्ने बारे सिकाउनु भयो । चाङ्गको थाओको अवसरवादी कार्यदिशाका विरुद्धको संघर्षको अनुभवलाई समीक्षा गरी अध्यक्ष माओले पुन एक पटक एकीकृत पार्टी अनुशासनको महत्व बारे जोड दिनु भयो र तीखो गरी औंल्याउनु भयो कि “अनुशासनका बुंदालाई जो सुकैले उल्लंघन गरे पनि त्यसले पार्टी एकतालाई खलबल्याउंछ ।” मुक्ति युद्धका बेला अध्यक्ष माओले घोषणा गर्नु भयो, “सेना अगाडि बढछ, उत्पादन बढछ । जव हाम्रो अनुशासनको भाव मजबुत हुन्छ हामी क्रान्तिमा सधैं विजयी हुन्छौं,” यसरी आम पार्टी, सेना तथा जनतालाई देशव्यापी विजयको निर्देशन दिनु भयो । पुरा देशको मुक्ति पछि, अध्यक्ष माओले पार्टीको अनुशासनलाई मजबुत बनाउनु पर्ने आवश्यकतामा बारंबार जोड दिनु भएको छ र स्वतन्त्रता र अनुशासनका बीचको द्वन्द्वात्मक संबन्धमा प्रकास पार्नु भएको छ । लिन पियाओको पार्टी बिराधी गुटलाई हराउन पार्टी, सेना र जनतालाई नेतृत्व गर्ने क्रममा अध्यक्ष माओले “तीन गर र तीन नगर” भन्ने तीन आधारभूत सिद्धान्तहरु सुत्रबद्ध गर्नु भयो र “कार्यकर्ताहरु, जनताहरु र पार्टी सदस्यहरुलाई अनुशासनका तीन नियम र ध्यान दिनु पर्ने आठ बुंदा पढाउनु पर्ने” आवश्यकता औल्याउनु भयो । यो निर्देशनका कारण पूंजीवादको पुनस्र्थापना गर्ने लिन पियाओको पार्टी विरोधी गुटको आपराधिक षडयन्त्रलाई पूर्णतः ध्वंश गर्न जनताहरु सक्षम भए । अध्यक्ष माओ आफैले दिनु भएको प्रशिक्षणको परिणाम स्वरुप लामो क्रान्तिकारी संघर्षको प्रक्रियामा अनुशासनलाई सम्मान गर्ने कुरा हाम्रो पार्टीको एउटा गौरवशाली परंपरा र पार्टीको एकतालाई सुदृढ गर्ने तथा दुश्मनलाई हराउने शक्तिशाली हतियार बनेको छ ।
पार्टीको माक्र्सवादी–लेनिनवादी कार्यदिशा बदल्न र गोप्य फुटबादी गतिविधी संचालन गर्नका निम्ति सबै अवसरवादी कार्यदिशा अंगालेका नेताहरुले पार्टी अनुशासनको विरोध गर्न सधैं हर उपायहरु प्रयोग गरेका छन र यसलाई ध्वंश गर्न सब कुरा गरेका छन् । छन तु शु, वाङ्ग मिङ्ग र चाङ्गको थाओदेखि लिउ शाओ ची, लिन पियाओ र यस्तै अरु ठगहरुले हाम्रो पार्टीको ईतिहास भरी यस्तै गर्दै आएका छन् । तिनीहरु सबै पार्टीलाई ध्वंश गर्न चाहने संकीर्ण, फुटवादी र गुण्डाहरु थिए । जहासम्म लिन पियाओ र उस्को पार्टी विरोधी गुटको कुरा छ, एकातिर तिनीहरुले उत्तेजनामा आएर पार्टीको केन्द्रीकृत अनुशासनलाई ध्वंश गरे, पूजीवादी मूख्यालय खडागरे, अध्यक्ष माओद्वारा नेतृत्व गरिएको केन्द्रीय समितीको विरोध गरे, विद्रोह मार्फत सत्ता कव्जागर्न प्रयत्न गरे भने अर्को तिर, तिनीहरुले आनो पार्टी विरोधी गुटभित्र पार्टी अनुशासन पालना गर्नु पर्छ भन्ने बहानामा फासीवादी अनुशासन लागु गरे । यो सबै पार्टीको आधारभूत कार्यदिशालाई विरोध गर्ने र प्रतिक्रान्तिकारी संशोधनवादी कार्यदिशा लागु गर्ने उद्देश्यमा आधारित थियो । हामीले पार्टी अनुशासनलाई ध्वस्त गर्ने लिन पियाओ र कंपनीका अपराधहरुलाई गहिरो गरी आलोचना गर्नु पर्दछ र हामीले अनुशासनलाई सुदृढ र मजबुत बनाउन प्रयत्न गर्नु पर्दछ ।
सचेत भएर पार्टी अनुशासनको सम्मान गर
अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ कि कम्युनिष्टहरु “अनुशासनलाई सम्मान गर्ने कुरामा नमुना बन्नु पर्दछ ।” पार्टी अनुशासनलाई सम्मान गर्न हामीले व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ र पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छ भन्ने पार्टी विधान अनुसार चल्नु पर्दछ ।
व्यक्ति संगठनको अधिनस्थ हुन्छः यसको अर्थ पार्टीका सदस्यहरु दृढतापूर्वक पार्टी संगठनका पारित प्रस्ताबहरु र निर्देशनहरु प्रति अधिनस्थ हुनु पर्दछ, तिनलाई लागु गर्नु पर्दछ र कुनै बहानामा पनि तिनको उल्लंघन गर्नु हुदैन भन्ने हो । तर, पार्टीको निर्णय र निर्देशन प्रति सहमत नहुने पार्टी सदस्यहरुले आनो मत सुरक्षित राख्न पाउने अधिकार राख्छन् र साथै आनो तह फडकेर सिधै केन्द्रीय समिती र त्यसको अध्यक्षलाई रिपोर्ट गर्न सक्छन् ।
अल्पमत बहुमतको अधिनस्थ हुन्छः यसको अर्थ पार्टी संगठनहरुले पारित गरेका प्रस्ताबहरुलाई पार्टी सदस्यहरुले दृढतापूर्वक लागु गर्नु पर्दछ भन्ने हो । अल्पमतको विचार अस्वीकार भएपछि अल्पमतमा भएकाहरुले बहुमतले गरेको निर्णयलाई कार्यान्वयनमा समर्थन गर्नु पर्दछ । आवश्यक प¥यो भने, त्यो विषयलाई छलफलका निम्ति पुनः एकपटक कार्यसूचीमा राख्न सकिन्छ तर कुनै हालतमा पनि कार्यान्वयनमा विरोध जनाउन पाईदैन ।
तल्लो तह माथिल्लो तहको अधिनस्थ हुन्छः यसको अर्थ माथिल्लो तहका संगठनले निर्धारण गरेका निर्णयहरु, निर्देशनहरु र कामहरुले तल्लो तहका पार्टी संगठनहरुलाई दरोगरी बाध्नु पर्दछ र कार्यान्वयनको ग्यारेन्टी हुनु पर्छ भन्ने हो । तिनीहरु सिङ्गो पार्टीको हित विरुद्ध, यसको एउटा हिस्साको हितमा खडाहुन पाउंदैनन्, न त तिनीहरुले माथिल्लो तहको निर्णयलाई अस्वीकार गरेर वा त्यसको विरोध गरेर सिङ्गो पार्टीको केन्द्रीकृत एकतालाई ध्वस्त पार्न नै पाउंछन् ।
पुरा पार्टी केन्द्रीय समितीको अधिनस्थ हुन्छः यो पार्टी अनुशासनको सर्बोच्च सिद्धान्त हो । अध्यक्ष माआको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय समिती सिङ्गो पार्टी, सेना र जनताको नेतृत्वदायी केन्द्र हो । अध्यक्ष माओका निर्देशन र केन्द्रीय समितीका आ≈वानहरुले सर्बहारा वर्ग र हाम्रो देशका आम जनताको हितको प्रतिनिधित्व गर्दछन् र यीनले क्रान्ति र निर्माणमा विजय प्राप्त गर्ने कुराको ग्यारेन्टी गर्दछन् । सधैं र जुनसुकै परिस्थितिमा पनि हामीले अध्यक्ष माओले नेतृत्व गर्नु भएको पार्टीको केन्द्रीय समितिका निर्देशन अनुसार बोल्नु र कामगर्नु पर्दछ र अति जनवाद, अति परनिर्भरता र पार्टी अनुशासनलाई ध्वंश गर्ने अन्य व्यवहारहरुलाई रोक्नु पर्दछ र साथै तीनलाई दृढतापूर्वक पराजित गर्नु पर्दछ ।
वस्तुतः पार्टी अनुशासनलाई सम्मान गर्ने भन्नुको अर्थ त्यसमा अन्धसमर्पण होईन । हाम्रो पार्टीमा अध्यक्ष माओले प्रतिनिधित्व गर्नुभएको सही कार्यदिशा नै नेतृत्वदायी स्थानमा छ तर पनि खास–खास समयमा गलत कार्यदिशा र प्रवृत्तिहरु पनि देखा पर्न सक्छन् । यदि कतिपय ईलाका तथा क्षेत्रहरुमा मानिसहरुले ती गलत कार्यदिशा र प्रवृत्तिहरुलाई सही ठानेर त्यसको पक्षमा उभिए भने एउटा कम्युनिष्ट पार्टीको सदस्य त्यसका विरुद्ध खडा हुनु पर्दछ र अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा र पार्टी अनुशासनको रक्षागर्न ज्वारभाटाका बिरुद्ध जान हिम्मत गर्नु पर्दछ ।
पार्टी अनुशासनको सम्मान गराउन हामीले पार्टी सदस्यहरुको चेतनास्तरलाई माथि उठाउनु पर्दछ । सर्बहारा अनुशासन सचेत अनुशासन हो, यो बुर्जुवाहरुको प्रतिक्रियावादी अनुशासन भन्दा आधारभूत रुपले नै फरक छ । बुर्जुवाहरुको अनुशासन जनताको शोषण र दासत्वको आधारमा स्थापित हुन्छ र यो उत्पीडनकारी उपाय तथा झुट मार्फत मात्र पालना हुन सक्छ । अर्कोतिर लेनिनले औंल्याउनु भयो कि सर्बहारा अनुशासन पार्टीका सबै सदस्यहरुको चेतनामा आधारित हुन्छ, “सर्बहारा अग्रदस्ताको वर्गीय चेतना र यसको क्रान्तिप्रतिको समर्पणले, दृढता, आत्म–वलिदान र वीरताले” यो कायम हुन्छ, परिक्षित हुन्छ र सुदृढ हुन्छ । पार्टी अनुशासन अनिवार्य भए पनि यसको प्रयोग भने सर्बथा पार्टी सदस्यको उच्च चेतनास्तरमा भर पर्दछ । यो चेतनाको स्रोत पार्टी तथा जनतामा सदस्यहरुको सम्मानभाव र क्रान्तिकारी उद्देश्यप्रति तिनीहरुको उच्च जिम्मेदारी बोधमा निहित हुन्छ । यो उच्चस्तरको चेतनाको कारणले तिनीहरु क्रान्तिको हितलाई पहिलो स्थानमा राख्न, आना स्वार्थहरुलाई क्रान्तिको अधिनमा राख्न र पार्टी अनुशासन संरक्षण गर्नका लगि जीवन वलिदान गर्न पनि नडराउने बन्छन् । परिस्थिति जतिसुकै कठीन भए पनि यो उच्चस्तरको चेतनाका कारणले तिनीहरु “कठीनाई र मृत्युबाट नडराउने” र पार्टी अनुशासनलाई दृढतापूर्वक लागु गर्ने बन्छन् र पार्टी नेतृत्वबाट अलग भए पनि, तिनीहरुलाई रेखदेख गर्न वरिपरी कोई नभए पनि तिनीहरु आफै पार्टी अनुशासन प्रति स्व–आग्रही बन्छन् र त्यसलाई सचेत ढङ्गले मान्ने हुन्छन् । पार्टीका गोप्य कुराहरुलाई जोगाउने मामलामा निर्मम यातनाका सामु पुरा दृढ रहेर लिउ हुलान कसैले हल्लाउन नसक्ने ठहरिईन्, र पार्टीको हितको रक्षा गर्दै बहादुरी पूर्वक दुश्मनको चक्कुडबाट आनो बलिदान स्वीकारिन् । लडाईको मैदानको अनुशासनलाई सम्मान गर्दै स्वयंशेवक सेना लुकेको ठाउंलाई गोप्य राख्न दन्केको आगाको ज्वालाले पिल्स्याउंदा पनि चिउ शाओ–युन निश्चल भए र चुप लागेर बसे । लडाईका कामलाई सफलतापूर्वक सम्पन्न गर्ने कुराको सुनिस्चितता गर्न उनले आनो जीवन वलिदान गरे । यी क्रान्तिकारी शहीदहरुबाट प्रेरणा लिएर कम्युनिष्ट पार्टीका सबै सदस्यहरुले निष्ठापूर्वक माक्र्सवादी–लेनिनवादी शास्त्रीय सामाग्रीहरु र माओका कृतिहरु अध्ययन गर्नु पर्दछ, तिनीहरुको वैचारिक चेतना उठाउन प्रयत्न गर्नु पर्दछ, तिनीहरुको सर्बहारावादी पार्टी स्पिरिटलाई बलियो बनाउन र पार्टी अनुशासनलाई सचेत ढङ्गले सम्मान गर्ने नमुनाको रुपमा काम गर्नु पर्दछ । पार्टी अनुशासनको सम्मान गर्न हामी सबैले यसको अपमान गर्ने व्यवहारको विरोध गर्नु पर्दछ । सबै कम्युनिष्टहरु पार्टीको अडानमा बांधिनु पर्दछ र निडर हुने क्रान्तिकारी स्पिरिट प्रदर्शन गर्नु पर्दछ । तिनीहरु सर्बहारा वर्गको क्रान्तिकारी सिद्धान्तमा बांधिनु पर्दछ, पार्टीमा घुसेका बुर्जुवाका एजेण्टहरुले पार्टीलाई ध्वंश गर्ने षडयन्त्रहरुका विरुद्ध संघर्ष गर्नु पर्दछ र पार्टी अनुशासनका विरुद्ध हुने सबै कामहरुको विरोध गर्नु पर्दछ । एउटा कम्युनिष्टमा यो भाव छ कि छैन भन्ने कुराले उसको पार्टी स्पिरिटको सबल र दुर्बल पक्ष देखाउंछ । हाम्रो पार्टीमा “आफुलाई व्यक्तिगतरुपमा असर गर्दैन भने कुराहरु अगाडि बढन दिने”, “गलत के हो भन्ने सबै कुरा बुझेर पनि थोरै भन्दा थोरै बोल्ने” अथवा “शव्दले बाठो हुन खोज्ने, सुरक्षित खेल खेल्ने र दोषबाट छलिन मात्र खोज्ने” जस्ता पार्टी अनुशासनसंग मेल नखाने गरी सधैं उदारवादी धारणा राख्ने कमरेडहरु पनि छन् । यो जसरी आगो संग पानी मिल्दैन त्यसरी नै कम्युनिष्टहरुको क्रान्तिकारी स्वभाव संग नमिल्ने अत्यन्त विकृत र बुर्जुवाहरुको कुहेको शैली हो । पार्टी अनुशासनलाई अपमान गर्ने कामका बिरुद्ध हामीले संघर्ष गर्दैनौं भने, हामीले त्यसको खरो विरोध गर्दैनौ भने, तिनीहरु प्रति उदारवादी रबैया अपनाउं छौं भने हामीले असलबाट खराबलाई छुट्याउन नसक्ने, हानीकारक कार्यशैली फैलिन दिने र यसरी पार्टीको हितलाई नोक्सान पु¥याउने खतरा निम्त्याउने छौं । कम्युनिष्टले कसरी व्यवहार गर्नु पर्छ भन्ने बारे माओले हामीलाई सिकाउनु भएको छ, “सधैं र जहां पनि उ सिद्धान्तसंग जोडिनु पर्दछ र सबै गलत विचार र कामहरुका विरुद्ध उसले अथक संघर्ष गर्नु पर्दछ ……।” हामीले यस्तो क्रान्तिकारी स्पिरिट देखाउनु पर्दछ र पार्टीको अनुशासनको रक्षा गर्न संघर्ष गर्नु पर्दछ ।
पार्टी अनुशासनलाई सम्मान गर्नका निमित्त हरेक कम्युनिष्टले, विशेषतः विभिन्न तहका नेतृत्वदायी कमरेडहरुले सचेत ढङ्गले जनताको आलोचना र नियन्त्रणलाई स्वीकार्नु पर्दछ । हाम्रो राज्य सर्बहारा वर्गको अधिनायकत्वको समाजवादी राज्य हो, श्रमजीवि वर्ग, गरीव तथा मध्यम किसान र आम मेहनती जनता यसका मालिक हुन् र तिनीहरु संग पार्टी र राज्यका विभिन्न तहका कार्यकर्ता माथि क्रान्तिकारी नियन्त्रण लागु गर्ने तागत रहन्छ । तर, पार्टी भित्र वा बाहिरका जनताले आनो टिप्पणी राख्दा त्यसलाई थेग्न नसक्ने सानो संख्यामा केही कार्यकर्ताहरु रहेका हुन्छन् । यी कार्यकर्ताहरु आलोचनालाई दबाउने र बदला लिने हदसम्म पनि जान्छन् । यसलाई पार्टी अनुशासनले अनुमति दिदैन । हामीले पार्टी अनुशासनको विरोधमा खडा हुने यस्ता गतिविधीका विरुद्ध गर्नु पर्ने कठोर संघर्षको प्रश्नलाई दुई–लाईन संघर्षको उच्च तहबाट हेर्नु पर्दछ ।
(चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत बुझाइ, पुस्तकबाट, अनुवादक ः इन्द्रमोहन सिंग्देल)