काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा काम गर्न नदिने घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत तेस्रोलिंगीलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिने घोषणा गरेका हुन् ।
उनले वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसँगको छलफलपछि सो निर्णय गरिएको जानकारी दिएका छन् ।
बाराक ओवामा राष्ट्रपति हुँदा अघिल्लो वर्ष मात्रै अमेरिकी सेनामा तेस्रो लिंगीलाई काम गर्न दिइने निर्णय भएको थियो ।
तर राष्ट्रपति ट्रम्पले भने तेस्रो लिंगी व्यक्तिका कारण सेनामा औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने जिकिर गरेका छन् ।
यसै महिनाको सुरुमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले ओबामा प्रशासनले तेस्रो लिंगीहरुलाई सेनामा भर्ना लिने भनी पेश गरेको योजना कार्यान्वयन गर्न ६ महिना ढिला गर्ने निर्णय गरेका थिए ।































