लालु–नितिशको महागठबन्धन टुट्यो, मोदीसँग मिलेर आजै नयाँ सरकार बनाउने

लालु–नितिशको महागठबन्धन टुट्यो, मोदीसँग मिलेर आजै नयाँ सरकार बनाउने

पटना । भारतको बिहारमा राजनीतिक समिकरण बदलिएको छ ।

राजनीतिक समिकरणमा समस्या आएपछि बुधबारमात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले बिहीबार नै भारतीय जनता पार्टीको सहयोगमा नयाँ सरकार गठनको तयारी गरेका छन् ।

उनले लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर सरकार गठनको तयारी थालेका हुन् ।

बिहारका भाजपा नेता सुशील कुमार मोदीका अनुसार बिहीबार १० बजेका लागि सपथ ग्रहण गर्न नीतीश कुमारलाई राजभवनमा आमन्त्रण गरिएको छ ।

उनका अनुसार १ सय ३२ विधायकको समर्थनसहित नीतीशकुमारले सरकार गठनको दाबी गरेका थिए । सोही आधारमा उनलाई कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीले सरकार गठनका लागि अनुमति दिएका हुन् ।

बिहारमा नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेडको बिहार विधानसभामा ७१ विधायक छन् भने भारतीय जनता पार्टीको ५३ र लालु यादवको राष्ट्रिय जनता दलका ८० विधायक छन् ।