माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीको नाम, को–को बन्दैछन् मन्त्री ?

माओवादी केन्द्रले टुंगो लगायो मन्त्रीको नाम, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले मन्त्री बन्ने ६ नेताको नाम टुंगो लगाएको छ ।

मन्त्री बन्नेहरुको लिस्ट लामो भएका कारण केही राज्यमन्त्री समेत पठाउने उसको तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, माओवादीसहितका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

माओवादी केन्द्रबाट महेन्द्रकुमार शाही उर्जामन्त्री र गिरीराजमणि पोखरेल स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रबाट शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी मन्त्री बन्ने तय भएको छ । उनीहरुको मन्त्रालय भने ठोस भइसकेको छैन । ।