रड प्रहार गरी श्रीमतीको हत्या

रड प्रहार गरी श्रीमतीको हत्या

इटहरी । सुनसरीको कोशी गाउँपालिका–१ मा रड प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोशी गाउँपालिका ६ घर भई हाल सोही गाउँपालिका १ स्थित राजा पोखरीको क्वार्टरमा बसेर चौकीदार काम गर्दै आईरहेका ३० बर्षीय राम कुमार यादवले आफ्नै श्रीमती २५ बर्षीया संगीता यादवलाई रड प्रहार गरी हत्या गरेका हुन् ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली खटिई रड प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।