काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।
साबिकको सिस्वा बेल्ही–६ घर भएकार ३१ वर्षीय रामेश्वर साह हलुवाईको मृत्यु भएको परिवारले जनाएको छ ।
मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । वैदेशिक रोजगारीका लागि उनी ३ वर्षअगाडि मलेसिया गएका थिए ।
मलेसियामा मृत्यु भएका आफ्ना छोराको शव नेपाल ल्याईदिनका लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवार जनले आग्रह गरेका छन् ।