एजेन्सी । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा हमला हुँदा जोर्डनका एक व्यक्ति मारिएका छन् भने अन्य २ जना घाइते भएका छन् । घाइते मध्ये एक जना इजरायली रहेका छन् ।
अम्मान प्रहरीले घटनास्थललाई सील गरेको छ । यो खबर तयार पार्दासम्म यो हमलामा कस्को संलग्नता छ भन्ने बारेमा केही खुलेको छैन ।