
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुन आइतबार बेलुका आएका पहिरोका कारण भाँचिएको छ ।
पुल भाँचिएपछि यातायात अवरुद्ध भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुल ठूलाठूला ढुंगासहित खसेको पहिरोले भत्काएको हो ।
पुलको बिचभाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पुल भाँचिएपछि तातोपानी र बाह्रबिसेबीचको सम्बन्ध बिच्छेद भएको छ ।
यो पुल २ वर्षअघि मात्रै चीन सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।