ओसामा बिन लादेनमाथि तीन गोली हान्ने रोबर्टको सनसनीपूर्ण अन्तर्वार्ता

ओसामा बिन लादेनमाथि तीन गोली हान्ने रोबर्टको सनसनीपूर्ण अन्तर्वार्ता

(ओसामा बिन लादेन यस्ता व्यक्ति हुन् जसले विश्वको सबैभन्दा शक्तिशाली अमेरिकालाई समेत एक दशकसम्म हल्लाएर राखे र २ मे, २०११ पाकिस्तानको जलालाबादको एबोटाबादमा ओसामा बिन लादेनलाई अमेरिकी सैनिक कमाण्डोले हत्या गरेको थियो । ओसामा बिन लादेनमाथि कसले गोली चलाएको थियो भन्ने कुराको अहिलेसम्म पनि आधिकारिक कुनै बयान त छैन तर एक अमेरिकी नेभी सिल अफिसर रोबर्ट ओ नीलले एक किताबमा आफ्ना तीन गोलीले लादेनको मृत्यु भएको दाबी गरेका छन् । नेभी सीलका ४ सय भन्दा बढी अभियानमा सामेल भएका रोबर्टले आफ्नो किताब ‘द अपरेटर’ मा यिनीहरुमध्ये एक महत्वपूर्ण घटनाबारे जिकिर गरेका छन् । उनै रोबर्ट ओ नीलसँग बीबीसीको आउटलुकमा अनु आनन्दले गरेको कुराकानीको अंश 🙂

११ सेप्टेम्बर २००१ मा जब न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा हमला भयो त्यसबेला तपाई कहाँ हुनुहुन्थ्यो ?

११ सेप्टेम्बर २००१ मा जब वल्र्ड ट्रेड सेन्टरमाथि हमला भयो त्यसबेला म जर्मनीमा तैनाथ एक टोलीको सदस्य थिए र जर्मन स्पेशल फोर्ससाग् तालिम चलिरहेको थियो । जब यो खबर बाहिर आयो, तब म एक इमेल टाइप गरिरहेको थिएँ । हवाई हमलालाई मैले पनि अरु मानिसहरुले जस्तै टेलिभिजनमा देखेको थिएँ । केही बेरपछि यो हमलाका पछि ओसामा बिन लादेन रहेको बाहिर आयो । मैले त्यसैबेला अब अलकायदासँग युद्ध हुने अनुमान गरिसकेको थिएँ । त्यसको १० वर्षपछि ओसामा बिन लादेन अमेरिकी सेनाबाट मारिए ।

मे, २०११ को त्यो अभियानका बारेमा केही बताइदिनुहोस् न ।

यस अभियानका लागि देशका अलग अलग क्षेत्रबाट हामीलाई चयन गरिएको थियो । हामीलाई त यस्तो लागिसकेको थियो कि केही ठूलै घटना हुनेवाला छ, तर गर्न खोजिएको के हो भन्नेबारेमा हामीलाई पनि थाहा थिएन । तीन दिनपछि हामीलाई कुनै अभियानमा जाँदै छौं भन्ने थाहा भयो । जस्तो कि यो अभियानबारे हामी कसैलाई पनि भन्न सक्दैन थियौं । हामीलाई यो अभियान पूरा गर्न सक्छौं भन्ने पूरा विश्वास थियो, तर साथै हामी फर्किएर आउन नसक्ने आशंका पनि सँगसँगै थियो । यसका बाबजुद पनि मैले यो अभियानमा जाने निर्णय गरेँ ।

फर्किन सक्दैनौं भनेर सोच्नुको कारण के थियो ?
यसको कारण पाकिस्तान थियो, जससँग आधुनिक वायु सुरक्षा प्रणाली, राम्रो राडार, उच्च स्तरको सेना तयार थियो र साथैै हाम्रो हेलिकप्टर उडाइदिन पनि सक्दथ्यो । यदि हाम्रो हेलिकप्टरको इन्धन समाप्त भयो भने हामी पाकिस्तानी भूमिमा हुने छौं । हामी असफल हुने अवस्था आउने आशंका पनि थियो । यसको कारण हामी यो स्पष्ट भएर गएका थियौं कि सम्भवत हामी फर्किने छैनौं । यी सबै कुराका बाबजुद हामीले चुनौतीलाई स्वीकार ग¥यौं ।

२ मे, २०११ मा पाकिस्तानको एबोटाबादमा के भयो, यसबारे धेरै बताइसकिएको छ । केही पटक यसबारेमा विवाद पनि भयो । यसबारेमा कुनै आधिकारिक धारणा पनि छैन । त्यस अभियानका क्रममा के भएको थियो ? तपाई अफगानिस्तानबाट फर्किनुभएको थियो र फेरि के भयो ?

म अफगानिस्तानमा थिएँ । हामीलाई फोनको माध्यमबाट यसको जानकारी दिइयो । त्यसबेला हामीमध्ये केही ट्रेड मिलमा थियौं । हामीलाई यस अभियानमा जान भनिएको थियो । एडमिरलसँग कुरा भयो । उनले केही फिल्मसँग तुलना गरे । हामीले आ–आफ्नो घरमा फोन गर्यौं र अभियानमा निस्कियौं । हामीलाई दुई वटा हेलिकप्टरमा जाने जानकारी दिइयो । हाम्रा पछि दुई हेलिकप्टर छन् र यसका पछि दुई ब्याकअप हेलिकप्टर छन् । यसपछि हामी एयरबेसबाट उड्यौं । बोर्डर हुँदै एक नदीमाथि पुगेपछि हामी बायाँ मोडियौं, फेरि दाहिने र हामी पाकिस्तानको सीमा थियौं । पाइलटले हामी पाकिस्तानमा भएको बताए । हामीलाई त्यहाँ पुग्न ९० मिनेट लाग्यो ।

यस अभियानमा २३ नेभी सिल थिए र तपाईहरु दुई हेलिकप्टरमा हुनुहुन्थ्यो ?

हामी मुख्य अपरेशनमा सामेल थियौं । अर्को हेलिकप्टरमा हामीलाई आधा बाटोमा इन्धन उपलब्ध गराउनका लागि थियो र यस्तै भयो । त्यो ९० मिनेट हामी एक अर्कालाई हेर्दै गयौं । केही आफ्नो आइप्याडमा लागे भने केही उँघिरहेका थिए । ९० मिनेटपछि हामी त्यो आधुनिक मोर्डन सहरमा थियौं, जहाँ रिसोर्ट र गल्फ कोर्स थियो । पाइलटले हामीलाई छतमा उतारे । हामी उत्रिनेवित्तिकै त्यहाँ रहेको ढोकालाई बमले उडाउने तयारी गर्न लागेका थियौं, तर हामीलाई लाग्यो कि यो नक्कली ढोका हो । फेरि हामी अर्को ढोकालाई उडाउन चाहन्थ्यौं, तर हामीले ढोका खोल्न भन्यौं । हामीले त्यसलाई खोल्यौं र भित्र पस्यौं । अब हामी ओसामा बिन लादेनका अड्डामा थियौं । म हाम्रो टिमका सदस्यहरु कोठामा जाँदै गरेको देखिरहेको थियो, उनीहरु त्यहाँ रहेका महिला र केटाकेटीलाई अलग अलग स्थानमा जम्मा गरिरहेका थिए । हामी सबैलाई थाहा थियो कि कुनै पनि समय बम बिस्फोट हुन सक्छ र हामी सबै मारिन सक्थ्यौं । तर हामी तिव्र रुपमा अपरेशसनमा जुटिरह्यौं ।

अनी के भयो ?

हामीलाई कुनै महिलाले ओसामा दोस्रो तलामा भएको बताइन् । उनको सुरक्षामा एक छोरा थिए । म सँग रहेका केही दायाँ र केही बायाँ बाटोलाई सफा गर्दै अघि बढे । मसँग अघि अघि एक अर्को नेभी सिल कमाण्डो थिए । म उनको पछि थिएँ । उसको अघि केही मानिसहरु थिए । उनले अघिको पर्दा हटायो । अगाडि ओसामा बिन लादेन कोठामा हात उठाएर खडा थिए ।

हामीलाई थाहा छ कि यो काम क्षणभरमै भयो, तपाईले कति गोली चलाउनु भएको थियो ?

मैले ओसामा बिन लादेनमाथि तीन गोली चलाएँ । दुई गोली चलाउँदा उनी ठाडै थिए र तेस्रो चलाउँदा ढले । अगाडि उसकी पत्नी खडा थिइन् । उनको छोरा मेरो बायाँ छेउमा थिए । मैले उनीहरु दुवैलाई विस्तारामा लडाइदिएँ । तब बाँकी मेरा साथीहरु पुगे । मैले उनीहरुलाई अब के गर्ने भनेर सोधेँ । उनीहरु हाँस्न सुरु गरे । हामीले त्यसपछि कोठा र आसपासको तलासी लियौं र त्यहाँ रहेका हार्ड ड्राइभ र त्यहाँ रहेका अन्य इलेक्ट्रोनिक सामान जम्मा गरियो । म सँग अरु तीन जना ती सामान लिएर बाहिर पुगे । त्यसपछि फेरि हामीले ओसामाको शरीरलाई बाहिर ल्यायौं । क्याप्टेन फिलिप त्यहाँ थिए । त्यसपछि त्यहाँबाट बाहिर जानका लागि टिमका सदस्यहरुलाई जम्मा ग¥यौं । यस अपरेशनका क्रममा मेरो अघि जाने सैनिक अर्को समूहका थिए । उनीहरु सबै सैनिकले ओसामालाई कसले गोली चलायो भनेर सोधेका थिए । त्यसबेला मैले भने, ‘गोली मैले हानेको हो ।’ फेरि उनले भने, ‘मेरो परिवारको तर्फबाट तपाईलाई धन्यवाद ।’

तपाई एबोटाबादमा हुनुहुन्थ्यो । तपाईहरुको हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फेरि कसरी बाहिर निस्कनुभयो ?
हामीसँग केही ठूला हेलिकप्टर थिए, जुन हामी पछि ४५ मिनेटमा त्यहाँ पुगे । ती मध्ये एउटालाई हामीलाई लिन बोलायौं । जुन टोलीको हेलिकप्टर दुर्घटनामा परेको थियो, उनीहरु त्यो हेलिकप्टरमा चढे र अरु आ–आफ्नो हेलिकप्टरमा फर्कियौं । ओसामाको शरीर र डीएनए पनि । हामीहरु अफगानिस्तानको सीमा क्षेत्रतर्फ गयौं । हामीलाई यदि ९० मिनेटसम्म लगातार उड्न सकेमा सुरक्षित निस्किन सक्छौं भन्ने थाहा थियो । हामीले आफ्नो घडीमा स्टेपवाच अन गरेका थियौं । सबै चुप थिए । कसैले केही बोलेका थिएनन् । यसपछि समय बित्दै गयो र पाइलटले हामी अफगानिस्तानको सीमा आइपुगेको जानकारी दिए ।

अफगानिस्तान पुगेपछि के भयो ?
त्यहाँ पुगेपछि हामीले ओसामा बिन लादेनको शवको लम्बाई नाप्यौं । हामीलाई राष्ट्रपति ओबामाले नै यो चाहेको बताइयो । हामीसँग लम्बाई नाप्ने टेप थिएन र हामीले ओसामाको शव नजिकै रहेको एक स्नाईपरलाई लिएर उनको लम्बाई अनुमान लगायौं । त्यसपछि ओसामाको शरीरलाई अर्को बेशमा लगियो । त्यसपछि हामीले ओसामाको अड्डामा जे भेटेका थियौं, त्यसको अनुसन्धानमा एफबीआई जुट्यो । त्यसपछि ओसामाको शवलाई एक अमेरिकी नौसेनाको जहाजमा राखेर फारसको खाडीमा लगियो । मेरो फोन बज्न थाल्यो । भर्जिनिया, सेन्ट डियागो र वासिंगटनबाट फोन आउन थाल्यो । मेरा एक साथी ह्वाइट हाउसमा नै काम गर्दथे । उसलाई कसैले तिम्रो साथीले ओसामालाई मा¥यो भन्ने जानकारी दिएको थियो । मेरो परिवार र मेरा साथीहरुलाई म प्रति ठूलो गर्व अनुभूति भयो । जो स्वभाविक हो ।

तपाईले नेभी सील छाड्नुभयो तर तपाईले यो किताब लेख्ने निर्णय किन गर्नुभयो । तपाईको यो निर्णयलाई नेभी सीलको गोप्यता कोड भंग गरेको समेत भनिएको छ । तपाईको एक कमाण्डरले खुलापत्र लेखेर नै आर्थिक लाभका लागि लेखेको भनेका छन् ।

यो ओसामा बिन लादेनको अभियानका विषयमा होइन तर त्यस मानिसको कहानी हो, जसलाई पौडिन आउँदैन थियो र जो संयोगले नेभी सीलमा पुग्दछ र आफ्नो अथक मेहनतले एक महत्वपूर्ण अभियानको हिस्सा बन्दछ । यो साबित गर्दछ कि तपाई आफ्नो मेहनतले जे पनि गर्न सक्नुहुन्छ । जहाँसम्म कोडको कुरा छ त्यो मलाई थाहा छ कि गृहयुद्ध सम्बन्धी केही यस्ता पुस्तकहरु लेखिसकिएको छ ।