एसियन कप छनोटमा नेपाल लेबनानसँग पनि २–० ले पराजित

एसियन कप छनोटमा नेपाल लेबनानसँग पनि २–० ले पराजित

काठमाडौं । नेपाल २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ ।

युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानको जितमा हासान कुरानीले दुवै गोल गरे ।

खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खाएको थियो ।

बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो । तीन खेलमा ९ गोल खाएको नेपालले एक गोल पनि गर्न सकेन ।

नेपाल युएईसँग ५–० ले पराजित भएको थियो भने उज्वेकिस्तान र लेबनानसँग समान २–० ले पराजित भएको हो ।