काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना. ६ ख २२९३ बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका–६ का कमल ढुंगाना र सोही स्थानका सह–चालक नवराज सिवाकोटी रहेका छन् ।

दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।