चितवन । पूर्वी चितवनमा अंश विवादमा एक व्यक्तिको हत्या भएको खुलासा भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दिपक थापाले कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भूमिनन्द दुलालको धारिलो हतियार प्रहार गरी हत्या भएको जनाइएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नतामा हत्या भएको देखिएकाले पक्राउ गरिएको उनको भनाई छ ।

मृतक दुलालको टाउकोलगायत शरीरका विभिन्न अंगमा धारिलो हतियार प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले घटना दिउँसो गराए पनि प्रहरीले भने साँझ ५ बजेमात्रै थाहा पाएको थियो । शव सेतो कपडाले छोपी राखेको अवस्थामा फेला पारिएको थियो ।

उनीहरुले विगतमा पनि मदिरा पिएर झगडा गर्दै आएको पाइएको र अहिले पनि पारिवारिक झगडाका कारण घटना भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अंशसम्बधीको विवादमा घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर