
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले संगठनको नीति, विधान र अनुशासन विपरीत काम गर्ने दुई नेतालाई कारबाही गरेको छ ।
महासंघको हालै बसेको कार्यालयको बैठकले अखिल नेपाल ट्रेड यूनियन महासंघ तथा अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघको नेतृत्व गर्ने ठमानसिंह तामाङ र रामबहादुर बस्नेतलाई महासंघको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको महासंघका संयोजक इश्वर तिमिल्सिनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।



