काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि शाह नर्भिक अस्पताल भर्ना भएका हुन् ।
शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी रहेको जनाइएको छ । चिकित्सकहरुले धेरै गम्भीर समस्या नभई नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको जनाएका छन् ।