एजेन्सी । क्यानडाको एक सहरको इलाकामा मुसलमान समुदायका लागि कब्रस्थान नदिने पक्षमा मतदान भएको हो ।
यसबारेमा क्युबेक सहरको बाहिरी सौ–अपोलिनेयर सहरमा जनमत संग्रह भएको थियो । यो सहरमा करिब ५ हजार मानिसको बसोबास रहेको छ ।
प्रान्तीय नियमअनुसार यो मतदानमा ४९ जना मत दिनका लागि योग्य रहेकोमा १९ कब्रस्थान नदिने पक्षमा मतदान गरेका थिए भने १६ भोट दिनुपर्ने पक्षमा खसेको थियो । एक भाेट रिजेक्ट भएकाे थियाे । यस स्थानमाथि कब्रस्थानका लागि क्युबेक इस्लामिक कल्चरल सेन्टरले प्रस्ताव गरेको थियो ।
यही स्थानमा भएको गोलीबारीको घटनामा जनवरीमा ६ जनाको मृत्यु भएको थियो । सेन्टरका अध्यक्ष मोहम्मद लबिदीले रेडियो क्यानडालाई भने, ‘हामीले सोचेका थिएनौं कि मानिसहरुले एक कब्रस्थानको समेत विरोध गर्नेछन् । उनीहरुलाई आखिर कुन कुराको डर छ ।’
गोलीबारीको घटनापछि सेन्टरले जंगलमा रहेको एक कब्रस्थान नजिकै यो जमिन खरिद गरेको थियो । क्युबेकमा मुसलमानका लागि एक कब्रस्थान रहेको छ, जो क्युबेक सहरबाट केही घन्टाको दुरीमा रहेको छ ।
लबिदीले भने, ‘कब्रस्थानको विरोध गर्ने सहरको फैसलाको पुरै देशमा मुसलमान र नागरिक अधिकारवादी संगठनहरुले आलोचना गरेका छन् । यस घटनामा मानवअधिकार हननको मुद्दा पनि लाग्न सक्छ ।’
सहरका मेयर बर्नार्ड ओलेटले कब्रस्थानको समर्थन गर्दै यो निर्णयले सहरको बदनामी भएको बताएका छन् । उनले क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशनलाई भने, ‘उनीहरुले अफवाहको आधारमा निर्णय लिएका हुन् ।’
कब्रस्थानको प्रस्तावको विरोध गर्नेहरुले आफ्नो समर्थन जुटाउनका लागि ढोका ढक्ढक्याए, किनकी यो स्थानमा कब्रस्थान बनाउनका लागि यो इलाकामा परिवर्तन गर्नुपर्दथ्यो ।
इलाकामा परिवर्तन गर्ने मामलामा प्रान्तीय कानुनले जनमत संग्रह गराउने अनुमति दिन्छ, जसमा यसबाट प्रभावित हुनेहरु मतदानका लागि योग्य मानिन्छन् ।
यसै अनुसार ५ हजार मानिसहरु यस क्षेत्रमा रहेपनि केवल ४९ जना मतदानका लागि योग्य व्यक्ति थिए । जसमध्ये ३६ जनाले आफ्नो मत प्रकट गरे ।
प्रस्तावको विरोध गर्ने सनी लेटोर्नोले क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशनलाई भने, ‘हामी यस्तो कब्रस्थान चाहिएको छ, जो सबैलाई समान रुपले स्वागत गरुन, चाहे उनीहरु कुनै धर्म, स्थान, रंग या संस्कृति किन नहुन् । हामीले आजभन्दा २० वर्षपछि कस्तो समस्या आउँछ भनेर सोच्नुपर्दछ ।’