एजेन्सी । जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको एक गोप्य कुराकानी भएको बाहिर आएको थियो।
जर्मनीको जी–२० शिखर सम्मेलनमा दुई नेताबीचको औपचारिक कुराकानीपछि पुनः यो गोप्य कुराकानी भएको बताइएको थियो । अब यो मामलामा नयाँ मोड आएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यो कुराकानीको कुरा झुठो भएको बताएका छन् । यद्यपि यो कुराकानीको विस्तृत विवरण बाहिर आएको थिएन ।
ट्रम्पले पुटिनसँग गोप्य डिनर गरेको कुरालाई फर्जी भएको बताएका हुन् ।
ट्रम्पले ट्विटमा भनेका छन्, ‘फर्जी खबर र धेरै घटिया रुपमा सामने आइरहेको छ । यहाँ सम्म कि जर्मनमा शीर्ष २० नेताका लागि आयोजित डिनरलाई पनि संदिग्ध बनाइयो ।’
अमेरिकामा दुई नेताको सम्बन्धलाई लिएर जाँच चलिरहेको छ । पुटिनमाथि अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको क्याम्पेनलाई सहयोग गरेको आरोप छ । दुवै नेताले भने यो आरोपलाई खण्डन गरिसकेका छन् ।
अमेरिकी जाँच एजेन्सीले समेत रुसले ट्रम्पलाई जिताउन सहयोग गरेको प्रमाण भेटिएको बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यममा ट्रम्प र पुटिनबीच घन्टौंसम्म कुराकानी चलेको समाचार बाहिर आएको थियो । यस कुराकानीमा ट्रम्प, पुटिन र एक अनुवादक भएको चर्चा चलेको थियो ।






























