
बुटवल । रुपन्देहीमा डोजरले माटो निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
कञ्चन गाउँपालिकाको सोगामा खाडलको पानीमा पौडी खेल्न पुगेका दुई बालकको डुबेर मृत्यु भएको हो । एक जना बालकको भने सकुशल उद्धार गरिएको छ ।




कञ्चन गाउँपालिका वडा नं. ३ सोगामा खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा ८ वर्षीय अनिश परियार र ५ वर्षीय रमन परियारको मृत्यु भएको हो ।
अर्का ३ वर्षीय बालक सुशन परियारको सकुशल उद्धार गरी उपचारका लागि अस्पतालमा राखिएको छ ।