काठमाडौ । रामेछापकोे गोकुलगंगा गाउँपालिका–५ स्थित नामाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएकाहरु ३५ वर्षका रेवती खड्का र ४६ बर्षकी सर्मिला खड्काको उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएकी मृतक रेवती खड्काकी श्रीमती भिमकुमारी खड्काको उपचार भइरहेको छ ।
पानी परेको कारणले ११ सय केबी प्रशासरण लाइनको पोलबाट विद्युत प्रवाह हुँदै बाटोमा समेत प्रवाह भएकोले दुर्घटना भएको प्रहरी श्रोतले बताएको छ ।
घाँस बोकी बाटोमा गइरहेको अवस्थामा उहाँहरुलाई करेन्ट लागेको थियो ।






























