काठमाडौं । पाकिस्तानी सेनाले चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) विरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा विशाल अभियान सुरु गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले आईएसले अफगानिस्तानभित्र आफ्नो प्रभाव बढाउन थालेकाले त्यसलाई रोक्न ‘खैबर चार’ अभियान नै सुरु गरिएको बताएका छन् ।

उनले वायुसेनाको समर्थन लिएर राजगल घाँटीको पहाडी क्षेत्रमा ‘खैबर चार’ अभियान केन्द्रित गर्ने बताए ।

यसअघि पाकिस्तानले आफ्नो भूभागभित्र आइएसको उपस्थिति नरहेको बताउँदै आएको थियो । तर अफगानिस्तानमा इस्लामिक स्टेटको बढ्दै गएको प्रभावप्रति पाकिस्तानले चिन्ता व्यक्त गर्दै आएको थियो ।

पाकिस्तानका केही इलाकामा पनि अघिल्लो वर्ष आइएसले आक्रमण गरेको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल आसिफ गफूरले पाकिस्तानी क्षेत्रमा आइएसको प्रभाव नियन्त्रण गर्न आवश्यक परेकाले विशेष अभियान थालिएको बताए ।

अफगानिस्तानका केही क्षेत्र आइएसको नियन्त्रणमा छन् । सन् २०१५ देखि नै आइएसले पाकिस्तानमा पनि आक्रमण गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर