राष्ट्रिय बाणिज्यको चार नयाँ शाखा एकै पटक

राष्ट्रिय बाणिज्यको चार नयाँ शाखा एकै पटक

असार २९ । राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका–२ झापाबजार, सिन्धुलीको कमलामाई नगरपालिका–११ भिमान, रुपन्देहीको गैंडहवा गाउँपालिका–६ सुरजपुरा र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।

यो नयाँ शाखा समेत गरेर बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ ।

गत चैत मसान्त सम्ममा बैंकले १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा लगानी गरेको र सोही अवधिमा बैंकले २ अर्ब ७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।