अफगानिस्तानमा कारबम विस्फोटमा २० जनाको मृत्यु, घाइते ५० जना अस्पताल भर्ना

अफगानिस्तानमा कारबम विस्फोटमा २० जनाको मृत्यु, घाइते ५० जना अस्पताल भर्ना

एजेन्सी । अफगानिस्तानको हेलमण्ड प्रान्तमा एक बैंकको बाहिर भएको शक्तिशाली कारबम विस्फोट हुँदा २० जनाको मृृत्यु भएको छ भने केही घाइते भएका छन् ।

बैंकमा आम नागरिक र प्रहरी जवानहरु आफ्नो तलब लिनका लागि लाइनमा बसेका समयमा विस्फोट भएको थियो ।

विस्फोटपछि बन्दुकसहित बैंकभित्र छिरेपछि सुरक्षाफौजसँग मुठभेड भएको बताइएको छ । मारिनेमध्ये केही प्रहरी जवान समेत रहेको बताइएपनि कति जना परेका छन् भन्नेबारेमा एकीन भइसकेको छैन ।

हेलमण्ड प्रहरीका प्रवक्ता सलाम अफगानले न्यु काबुल बैंकको शाखाबाहिर विस्फोट गराएको बताएका छन् । सो क्रममा घाइते भएका ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । यो हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन ।