एजेन्सी । अमेरिकी नौसेनाको युद्धक जहाज युएसएस फिट्सजेराल्ड एक मालवहाक जहाडमा ठक्कर खाँदा ७ जना नौसैनिक बेपत्ता भएका छन् ।
युएसएस फिट्सजेराल्ड संसारकै सबैभन्दा उन्नत युद्धक जहाजमा एक हो । यो अत्याधुनिक राडार उपकरणबाट लैस रहेको छ ।
स्थानीय समयअनुसार राति २ बजेर ३० मिनेटमा अमेरिकी युद्धक विमान ३० हजार टनको मालबहाक जहाज एसीएक्स क्रिष्टलसँग भएको थियो । जुन ठक्करबाट अमेरिकी युद्धक जहाडमा ठूलो क्षति पुगेको छ ।
यो दुर्घटनामा फिलिपिन्समा दर्ता रहेको मालबहाक जहाजमा सामान्य क्षति पुगेको छ । दुर्घटनाको समयमा यो जहाज जापानको नागोयाबाट टोकियो गइरहेको थियो । दुर्घटनापछि पनि यो जहाज आफ्नो यात्रा पूरा गर्दै टोकियो पुगिसकेको छ ।
यो दुर्घटना अमेरिकाको योकोसुका बेस नजिक भएको हो । यो नौसैनिक अड्डामा अमेरिकाका ८० पनडुब्बी र युद्धक जहाज तैनाथ रहेका छन् ।
यो समाचार तयार पार्दासम्म पनि १५४ मिटरको यो मिसाइल डिस्ट्रोयर युद्धक जहाज दुर्घटनाको समयमा कहाँ गइरहेको थियो भन्ने प्रष्ट भइसकेको छैन ।
समुद्री ट्राफिक रेकर्डअनुसार दुर्घटनाको ठीक २५ मिनेट अघि २२२ मिटर लामो मालबहाक जहाजले युटर्न लिएको थियो । जहाजले यसरी बाटो परिवर्तन गर्नुको कारण पनि खुलिसकेको छैन ।
दुर्घटनाका समयमा मालबहाक जहाज २७ किलोमिटर प्रतिघन्टाको गतिमा अघि बढिरहेको थियो । युएसएस फिट्सजेराल्डसँग जोडिएका ट्राफिक रेकर्ड भने सार्वजनिक रुपमा उपलब्ध छैनन् । जापान तटरक्षक बलले अमेरिकी टोलीसँग मिलेर बेपत्ता भएका ७ जना नौसैनिकको खोजी कार्य जारी राखेपनि भेटिएको छैन ।
नौसेनाका अधिकारीहरुका अनुसार दुर्घटनामा घाइते भएका जहाजका कमाण्डर ब्रायस बेन्सनको अवस्था सामान्य रहेको छ । उनलाई उपचारका लागि अमेरिकी नौसेनाको अस्पतालमा भर्ना गरिएको छ ।
अमेरिकी सेनाले सो घटनामा परेका अन्य दुई जना नौसैनिक जवानलाई सामान्य चोट लागेको जनाएको छ । उनीहरुलाई पनि अस्पताल भर्ना गरिएको छ ।
दुर्घटनापछि अमेरिकी जहाजमा भरिएको पानी निकालिएको र जहाज डुब्ने खतरा नरहेको जनाइएको छ । जापानी तटरक्षक बलले एसिएक्स ३० हजार टनको थियो, जो फिट्सजेराल्डभन्दा तीन गुणा बढी थियो ।
यस जहाजलाई ठक्करबाट धेरै सामान्य मात्रै क्षति भएको छ । मालबहाक जहाजमा दुर्घटनाका समयमा ३० जना मानिस सवार रहेपनि उनीहरुलाई कुनै चोट लागेको छैन ।
दुर्घटना भएको सो बाटो अत्यन्तै व्यस्त समुद्री मार्ग भएको बताइउको छ । यसै बाटोबाट जहाज टोकियोको खाडीमा जाने र निस्कने गर्दछन् । यो युद्धक जहाज शान्त बाटोमा कसरी ३० हजार टनको मालबहाक जहाजसँग ठोक्किन पुग्यो भन्नेबारेमा अनुसन्धान हुने भएको छ ।































