पश्चिम लण्डनस्थित टावर ब्लकमा भीषण आगलागी (भिडियो सहित)

पश्चिम लण्डनस्थित टावर ब्लकमा भीषण आगलागी (भिडियो सहित)

काठमाडौं । बेलायतको वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ । आगलागी भएको सो भवनमा मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ल्याङक्यास्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति सवा १ बजे आगलागी सुरु भएको थियो ।

झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । महानगरीय प्रहरीले आगलागीमा परेर घाइते भएकाहरुको उपचार भइरहेको जनाएका छन् ।

आगो लागेका कारण सो भवनको अधिकांश भाग जलेको र भवन लड्न सक्ने बताइएको छ ।

प्रत्यक्षदर्शी टिम डाउनीले भवनको एउटा हिस्सा पूर्ण रुपमा जलेको बताएका छन् । उनले भने, ‘भवनको भित्री भागसम्म आगो फैलिएको छ ।’