काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
बंगलादेशले दिएको १ सय ८३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिन पुगेको थियो ।
खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । खेल अवरुद्ध हुनुअघि अष्ट्रेलियाका डेभिड वार्नर ४० तथा स्टेभन स्मिथ २२ रनमा अविजित थिए ।
यसअघि पहिले व्याटिङ गरेको बंगलादेशले ४५ औं ओभरमा १ सय ८२ रन जोडेको थियो ।
बंगलादेशका तमिम ईकबालले ९५ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा मंगलबार आयोजक इङ्गल्याण्डले न्युजिल्याण्डसँग खेल्नेछ ।