एजेन्सी । कतारले साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेड्ससँग आफ्नो राजनीतिक सम्बन्ध तोडेको छ ।
कतारले यी देशमाथि क्षेत्रीय रुपमा अस्थिरता फैलाएको आरोपमा राजनीतिक सम्बन्ध तोडेको हो ।
यी सबै देशले भने कतारमाथि मुस्लिम ब्रदरहुडसहित केही चरमपन्थी संगठनलाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।
साउदी अरबमा सरकारद्वारा सञ्चालित समाचार एजेन्सी एसपीएले रियादले कतारसँगको आफ्नो स्थल, हवाई र समुद्री सीमा बन्द गरेको जनाएको छ ।
साउदी अरबका अधिकारीरुले चरमपन्थी र कट्टरपन्थीबाट बच्नका लागि सीमा बन्द गरिएको जनाएका छन् ।
इजिप्टको विदेश मन्त्रालयले समेत र हवाई क्षेत्र र बन्दरगाह समेत बन्द गरेको जनाएको छ । संयुक्त अरब इमिरेड्स (युएई) ले कतारलाई राजनीतिक सम्बन्ध तोडेको निर्णय फिर्ता लिन ४८ घन्टाको समय दिएको छ ।
युएईको समाचार एजेन्सी डबल्युएएमका अनुसार संयुक्त अरब इमिरेड्सले कतारमाथि चरमपन्थी, कट्टरपन्थी र साम्प्रदायिक संगठनलाई सहयोग र फण्ड दिने गरेको आरोप लगाएको छ ।
बहराइन सरकारद्वारा सञ्चालित समाचार एजेन्सीले कतारमाथि बहराइनको आन्तरिक मामलामा दखल दिएको आरोप लगाएको छ ।