लन्डन आक्रमणमा संलग्न रहेको आशंकामा १२ जना पक्राउ

लन्डन आक्रमणमा संलग्न रहेको आशंकामा १२ जना पक्राउ

लन्डन । लण्डन आक्रमणमा संलग्न रहेको आशंकामा बेलायत प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ७ जना महिला रहेको जनाइएको छ । एकपछि अर्को गर्दै आतंकवादी हमला हुन थालेपछि प्रहरीले शनिबाररातिको हमलामा संलग्न रहेको आशंकामा उनीहरुलाई प्रहरीले जनाएको छ ।

लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने अन्य ४८ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना उपचारपछि घर फर्किसकेका छन् भने २१ जनाको अवस्था गम्भीर रहेको छ ।

तीब्र गतिमा आएको सेतो भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदै भ्यानमा आएका व्यक्तिले प्रहरी र सर्वसाधारणमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए । आक्रमणमा संलग्न रहेका ३ जना प्रहरी कारबाहीमा मारिएका छन् ।