मुम्बई । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

बुधबार राति सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै हैदरावादले सात विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । वर्षाले प्रभावित म्याचको दोस्रो इनिङ निकै ढिलो सुरु भएको थियो । ६ ओभरमा घटाइएको दोस्रो इनिङमा कोलकताले जितका लागि ४८ रनको लक्ष्य पाएको थियो ।

पहिलो ओभरमा नै कोलकाताले महत्वपूर्ण दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा अर्को एक विकेट गुमाएको कोलकातालाई लक्ष्य पुरा गर्न सुरुवाती झट्काले कुनै असर गरेन ।

कोलकत्ताका लागि गौतम गाम्भीरले १९ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाउँदै दोस्रो क्वालिफायरमा पु¥याएका हुन् ।

दोस्रो क्वालिफायरमा कोलकाताले मुम्बई इन्डियन्सको सामना गर्ने छ । सो खेलको विजेताले फाइनलमा राइजिङ पुणे सुपरजाइन्टसँग उपाधिका लागि भिडन्त गर्ने छ । पुणले मुम्बईलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर