देजमो धरान नगरको संयोजकमा गौरव राई

देजमो धरान नगरको संयोजकमा गौरव राई

धरान । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल धरान नगर समितिको प्रथम भेलाले गौरव राईलाई अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले राईको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन गरेको हो । उक्त समितिको सचिवमा निर्मल बज्राचार्य र सदस्यहरुमा प्रतिज्ञा याख्खा, धिरन लिम्बु, निकिता राई, राम व.दर्नाल, सूर्य शंकर, सानु शेर्पा र संगिता राई रहेको धरानबाट हाम्रा संवाददाताले बताएका छन् ।

यसैबीच, भेलाले ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति समेत गठन गरेको छ । जसमा क्रान्तिकारी माओवादीका नेताहरु एकराज कोईराला, प्रमिला नेङ्गवाङ्ग, पारस सुब्वा र पार्टीका धरान नगर संयोजक पेमा लामाको नेतृत्वमा प्रचार प्रसार समितिको संयोजन गौरव राईले गर्ने निर्णय गरिएको छ ।

देजमोका केन्द्रीय सचिवालय सदस्य तथा कोचिला राज्य संयोजक मनोज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा गौरव राईको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा सुनसरी जिल्ला संयोजक पशुपति आचार्य, पार्टीका केन्द्रीय सल्लाहकार पारस सुब्वा लगायतको उपस्थिति रहेको थियो ।

उक्त भेलामा विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरी वलिचन्द्र चौधरी र सानु शेर्पा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथिले स्वागत अभिनन्दन गरेका थिए ।