काठमाडौं । आइतबार भएको स्थानीय तहको निर्वाचनको मतगणना सुरु हुने क्रम जारी छ । यसैक्रममा काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएको छ भने पोखरा लेखनाथको पनि मतगणना सुरु भएको छ ।
अहिले सम्म दुवै महानगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छैन ।
यस्तै चितवनको भरतपुर महानगरपालिकामा भने मतगणना सुरु भएको छैन ।