स्थानीय तहमा एमालेको प्रारम्भिक अग्रता, काँग्रेस दोस्रो र माके तेस्रो स्थानमा

स्थानीय तहमा एमालेको प्रारम्भिक अग्रता, काँग्रेस दोस्रो र माके तेस्रो स्थानमा

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आइतबार भएको मतदानको परिणाम आउन सुरु भएको छ ।

काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथमध्ये तीन महानगरमा मतगणना भइरहेको छ भने भरतपुरमा अझै मतगणना कार्य सुरु भएको छैन ।

निर्वाचन भएको विभिन्न ३४ जिल्लाको प्रारम्भिक मतपरिणाममा एमाले र काँग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

मतपरिणामअनुसार हालसम्म परिणाम घोषित भएकामा एमालेले ४ र काँग्रेसले १ स्थानमा जित हात पारेको छ भने एमाले २८ र काँग्रेस २५ स्थानमा अघि देखिएको छ ।
माओवादी केन्द्रले भने अहिलेसम्म एक स्थानमा पनि जित हासिल गरेको छैन भने १३ स्थानमा प्रारम्भिक अग्रता बनाएको छ । केही स्थानमा स्वतन्त्र उम्मेदवारहरु अघि देखिएका छन् ।

अग्रताको हिसाबलाई हेर्ने हो भने संसदभित्रको चौथो ठूलो दल राप्रपा कुनै स्थानमा पनि अघि देखिएको छैन । अहिलेसम्म मनाङको चामे र नेस्याङ गाउँपालिकामा एमालेले जित हात पारेको छ ।

मनाङमा यसअघिका चुनावमा उम्मेदवार समेत नपाउने एमालेले यसपटक मतपरिणाम आफ्नो पक्षमा पारेको हो ।