देजमो धादिङको संयोजकमा अमृत अधिकारी

देजमो धादिङको संयोजकमा अमृत अधिकारी

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल धादिङको हालै सम्पन्न एक भेलाले जिल्ला संयोजकमा अमृत अधिकारीलाई चयन गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य चन्द्रहरि सुवेदी अटलको उपस्थितिमा भएको भेलाले अधिकारीको संयोजकत्वमा १५ सदस्यीय देजमो धादिङ गठन गरेको हो । राष्ट्रिय कर्मचारी महासंघको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका अधिकारी लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित रहँदै आएका छन् ।