अमेरिकाले गरिरहेको छ उत्तर कोरियाली नेता किम जोङ उनको हत्याको षढयन्त्र !

अमेरिकाले गरिरहेको छ उत्तर कोरियाली नेता किम जोङ उनको हत्याको षढयन्त्र !

एजेन्सी । उत्तर कोरियाले अमेरिकी गुप्तचर एजेन्सी सीआईएमाथि नेता किम जोङ उनको हत्याको षढयन्त्र गरेको आरोप लगाएको छ ।

उत्तर कोरियाले सीआईएले बायोकेमिकल अर्थात जैव रासायनिक पदार्थबाट किम जोङ उनको हत्या गर्ने षढयन्त्र रचेको आरोप लगाएको हो ।

उत्तर कोरियाको सरकारी मिडियाको रिपोर्ट अनुसार अमेरिकी र दक्षिणी कोरियाली एजेन्टले किमका हत्याको षढयन्त्र गररहेका हुन् ।

सुरक्षा मन्त्रालयका एक विज्ञप्तिमा सीआईए र दक्षिण कोरियाको समर्थनको एक चरमपन्थी संगठनका सदस्यहरु जैव रासायनिक पदार्थबाट हमला गर्नका उत्तर कोरिया प्रवेश गरेको जनाइएको छ ।

सो विज्ञप्तिमा उत्तर कोरियाले चरमपन्थीलाई नष्ट गरिदिने समेत जनाइएको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले षढयन्त्रमा जैव रासायनिक पदार्थमा रेसडियोधर्मी र नैनो सबस्टेशनको प्रयोगसमेत सामेल रहेको जनाएको छ ।

यसका अलावा सो एजेन्सीले किममाथि सैन्य परेड र सार्वजनिक कार्यक्रममा निशाना बनाउनसक्ने समेत जनाएको छ । उत्तरकोरियाले अर्को परमाणु परीक्षण गर्ने धम्की दिइरहेका बेला अमेरिका र उत्तर कोरियाबीच तनाब बढिरहेका बेला यस्तो खबर बाहिर आएका हो ।

अमेरिकाले बढ्दो तनाबबीच अमेरिकाले दक्षिण कोरियामा आफ्नो विवादित थाड मिसाइल डिफेन्स सिस्टम तैनाथ गरेको छ । यो सिस्टम उत्तर कोरियाको मिसाइल रोक्न सक्षम हुनेछ । पछिल्ला केही महिनामा उत्तर कोरियाले अमेरिकामाथि परमाणु हमलाको चेतावनी दिइरहेको छ ।