
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।
संसदमा नभएका राजनीतिक दललाई दलीय निर्वाचन चिन्ह नदिने विभेदकारी नियमावली ल्याएपछि देजमोका उम्मेदवारहरुले अलग अलग निर्वाचन चिन्ह प्राप्त गरेका हुन् ।




स्वतन्त्र उम्मेदवारलाई अलग अलग निर्वाचन चिन्ह दिने कार्यसूची अनुसार शुक्रबार निर्वाचन चिन्ह पाएका हुन् ।
कुन उम्मेदवारलाई कुन चिन्ह ?
काठमाडौं महानगरपालिका–मेयर– गोर्कीप्रसाद श्रेष्ठलाई इँटा, उपमेयर–सावित्रा खरेललाई गैंती
ललितपुर महानगरपालिका–मेयर–विजय खड्गीलाई शंख, उपमेयर– इन्दिरा अधिकारीलाई मुडा
पोखरा लेखनाथ महानगरपालिका– मेयर– भीमबहादुर श्रीसलाई क्यामेरा, उपमेयर कल्पना थापालाई सेलरोटी
भरतपुर महानगरपालिका–मेयर–अम्बिका मुड्भरीलाई ब्याडमिन्टनको कक, उपमेयर–बाबुराम प्यासी परियारलाई क्याप टोपी
टोखा नगरपालिका– मेयर– केशर प्रधानलाई ब्याडमिन्टनको कक, उपमेयर– रुपाकुमारी अधिकारी रिजाललाई क्यापटोपी
गोकर्णेश्वर नगरपालिका– मेयर– ढोगप्रसाद अधिकारीलाई केटाकेटी
कीर्तिपुर नगरपालिका–मेयर–शारदा महतलाई चमेरो, उपमेयर–रमेश महर्जनलाई आँखीझ्याल
तारकेश्वर नगरपालिका– मेयर– बद्री चापागाईंलार्इ काउली, उपमेयर रेखा सार्कीलाइ चियाकाे कप
राप्ती नगरपालिका मेयर– गायत्री पनेरु‘गोमा’ लाई ब्याडमिन्टनको कक
रत्ननगर नगरपालिका– उत्तम सिम्खडालाई ब्याडमिन्टनको कक, उपमेयर विन्दा कार्कीलाई क्यापटोपी,
कमलामाई नगरपालिका मेयरमा सुबास रायमाझीलाई मकैको बोट, उपमेयरमा सुनिता बुढाथोकी बोगटीले डल्फिन चिन्ह पाएका छन् ।