एजेन्सी– संसारकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ ।
संसारकै वृद्ध महिला इटलीकी एमा मौरेनोको १ सय १७ वर्षको उमेरमा निधन भएको हो ।
एमालाई आधिकारिक रुपमा १९ औं शताब्दीमा जन्मिएर जीवित रहेकी एकमात्रै मानिसका रुपमा मानिन्थ्यो । उनको जन्म २९ नोभेम्बर १८९९ मा इटालीमा भएको थियो ।
उनले तीन शताब्दीमा जीवन बाँचिन् । यस क्रममा उनले खराब बैवाहिक जीवन, आफ्नो एकमात्रै छोराको मृत्यु, दुई विश्वयुद्ध र इटालीमा ९० भन्दा बढी सरकार देखिन् ।
आफ्ना ८ जना दाजुभाई दिदीबहिनीमा सबैभन्दा जेठी एमा आफ्नो जीवनको लामो उमेर बाँच्नुको राज आफ्नो आमा बाबुको जिन, र प्रतिदिन तीनवटा अण्डाको खानुलाई मान्थिन ।
जसमा उनी २ वटा अण्डा काँचै खान्थिन् । उनकी आमाको ९१ वर्षको उमेरमा निधन भयो भने केही बहिनीहरु सय वर्षसम्म बाँचेका थिए ।





























