एजेन्सी । अमेरिकाको शिकागो किन्डरकार्टनर बालिका आफ्नो जन्मदिनको पार्टी मनाउनुभन्दा बेघर मानिसलाई खुवाउन चाहन्थिन् । अरमानी क्रुज जो यसै महिनाको सुरुमा ६ वर्ष पुगिन् ।
उनले आफ्ना बाबुआमासँग बेघरलाई आफ्नो जन्मदिनका दिन खाना खुवाउनका लागि बाबुआमासँग निरन्तर स्वीकृति मागिरहेकी थिइन् । तर उनका बाबुआमाले भने यसलाई मजाक गरेको ठानेको उनकी आमा कलाशा क्रुजले बताइन् ।
उनका बाबु एन्टोनीले यसो गर्दा जन्मदिनको उपहार समेत नदिने बताएका थिए । उनको जन्मदिनमा सो परिवारले पूर्व गारफिल्ड पार्कमा बेघरलाई खुवाउनका लागि उनको जन्मदिनको खर्च ३०० डलर छुट्याए ।
उनीहरुले त्यो पैसाले विभिन्न खानेकुरा किने । अरमानीको परिवारले स्थानीय चर्चमा आफ्नो योजना बताएपछि मण्डलीका सदस्यले समेत बेघर मानिसका लागि थप सामान सहयोग गरे ।
प्रत्येकलाई खानेकुरासँगै ब्रस, टुथपेस्टलगायतका सामग्रीको प्याकेज दिइयो । अरमानीको जन्मदिनमा उनले १२५ जनालाई खाना खुवाइन् । उनको यस्तो जिद्दिले घरबारविहिनले राहत पाए भने परिवारमा पनि खुसियाली दिएको छ ।
उनकी आमाले फेरि पनि सो स्थानमा रहेका बेघर मानिसका लागि यस्तै कार्यक्रम लिएर आउने इच्छा रहेको बताएकी छन् ।