
एक नयाँ रिसर्चमा गर्भनिरोधक चक्कीको सेवनले क्यान्सरको सम्भावना समेत समेत कम हुने पत्ता लागेको छ ।
बेलायतको एभरडिन युनिभरसिटीले भनेको कि गर्भनिरोधक चक्कीको नियमित सेवनबाट क्यान्सर हुने खतरा कम हुन्छ ।
४० वर्षभन्दा लामो समयदेखि गरिएको रिसर्चमा वैज्ञानिकले यसको सेवनले महिलाको शरीरमा के असर पर्छ भन्ने अनुसन्धान भइरहेको छ ।
अनुसन्धानको परिणाममा भने यस प्रकारको चक्कीको सेवनबाट ओभेरियन क्यान्सरको खतरा कम हुने जनाइएको छ । गर्भाशयसँग जोडिएका सबैप्रकारका क्यान्सरको खतरा यसमा सामेल गरिएको छ ।
यसैगरी गर्भनिरोधक चक्की खाने महिलामा स्तन क्यान्सरको खतरा समेत कम भएको देखिएको छ ।
शोधकर्ताले महिलाहरुमा क्यान्सर हुनुको मुख्य कारण उनीहरुको हर्मोन भएको बताएका छन् । उनीहरुले कुनैपनि औषधी साइड इफेक्स बिनाको नहुने भन्दै लामो समयसम्म कुनै औषधी सेवन गर्नुचाँहि जोखिमपूर्ण हुने बताएका छन् ।