काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले निर्धारित समयमा नै मधेसी मोर्चासहित निर्वाचन हुने जनाइएको छ ।

अधिकार सम्पन्न संघीय आयोग बनाएर सहमति गर्न मधेसी मोर्चा सकारात्मक भएकाले स्थानीय तहको निर्वाचन नहुने शंका त्याग्न निधिले आग्रह समेत गरेका छन् ।

‘संयूक्त मधेसी मोर्चासंग कुरा भइरहेको छ, अधिकार सम्पन्न संघीय आयोग बनाएर अघि बढछौं,’ उनले भने, ‘मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुन्छ तपाईंहरु ढुक्क हुनुहोस् ।’

विराटनगर विमानस्थलमा सोमबार प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री निधिले मोर्चासँग सीमांकनको विषयलाई चुनाव अगाडि नै पारित गरेर जाने कि अधिकार सम्पन्न संघीय आयोग बनाएर प्रदेश र केन्द्रको चुनाव अगाडि टुंग्याउने भन्ने विषयमा कुरा भइरहेको बताए ।

स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा निधि पूर्वको सुरक्षा अवस्था बारेमा जानकारी लिन र ६ वर्ष अगाडि भारतीय सीमा सुरक्षा बलको गोली लागेर मृत्यु भएको अमाही बरियाती–७ खयरबनाका वासुदेव साहका परिवारलाई १० लाख क्षतिपूर्ति प्रदान गर्न विराटनगर पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर