राष्ट्रपति कार्यालयभित्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असुरक्षित

राष्ट्रपति कार्यालयभित्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असुरक्षित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवन ह्वाइट हाउसमा नै असुक्षित रहेको तथ्य बाहिर आएको छ ।

अमेरिकाका एक पूर्व गुप्तचर अधिकारीले राष्ट्रपति ह्वाइट हाउसमै असुरक्षित रहेको खुलासा गरेका हुन् । ह्वाइट हाउसमा आतंकवादी हमला भएको खण्डमा राष्ट्रपति ट्रम्पको सुरक्षामा देशको सीक्रेट सर्भिस असफल हुने उनको भनाइ छ ।

पूर्व राष्ट्रपति बाराक ओबामा र जर्ज बुशको सुरक्षाको जिम्मेवारी सम्हालिसकेका पूर्व सीक्रेट एजेन्ट डेन बोनगिनोले केही दिनअघि मात्र एकजनाले ह्वाइट हाउसको सुरक्षा व्यवस्थाको धज्जी उडाउँदै ह्वाइट हाउसभित्र करिब १५ मिनेट बिताएको तथ्य खोल्दै उनले ट्रम्प असुरक्षित रहेको जनाएका हुन् ।

उनले भने, ‘ह्वाइट हाउसभित्रका केही सूचकहरु उसले बन्द गरिदिएको थियो, यसबाट पनि ह्वाइट हाउसको सुरक्षामा रहेका कमीहरु उजागर भएको छ ।’

अमेरिकाको चर्चित फक्स न्यूजलाई दिएको अन्तरवार्तामा बोनगिनोले भनेका छन्, ‘यो घटनाबाट पनि प्रष्ट हुन्छ कि राष्ट्रपति ह्वाइट हाउसमै सुरक्षित हुनुहुन्न, सीक्रेट सर्भिससँग त्यति धेरै जनशक्ति पनि छैन कि राष्ट्रपतिलाई पुरा सुरक्षा दिन सकोस् ।’

उनले भने, ‘सीक्रेट सर्भिसले ह्वाइट हाउसमा प्रवेश गरेको एउटा व्यक्तिलाई १५ मिनेटसम्म पक्राउ गर्न सकेन, तपाई सोच्नुस्, एकसाथ ४० आतंकवादीले हमला गरे भने के होला !’