धरान । सप्तरी घटनाका घाइते वीरेन्द्र महतोको मृत्यु भएको छ ।
गोली लागि घाइते भएका सप्तरी मलेठ–२ का महतोको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो ।
एमालेले आयोजना गरेको मेच–महाकाली अभियान कार्यक्रममा अवरोध गर्न उत्रिएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसात्मक बन्न पुगेको सप्तरी घटनामा प्रहरीको गोली लागि सञ्जन मेहता, पीताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।
घटनामा दर्जनबढी घाइते भएकामा केहीको उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किएका छन् ।































