अमेरिकी महिला सैनिकमाथि आफ्नै सहकर्मीको यस्तो हर्कत

अमेरिकी महिला सैनिकमाथि आफ्नै सहकर्मीको यस्तो हर्कत

काठमाडौं । सन् २०१३ मा अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा सन् २०१२ मा मात्रै करिब २६ हजार अमेरिकी सैनिकमाथि यौन शोषणको शिकार भएको उल्लेख थियो । जसमा महिला र पुरुष दुवैमाथि यौन शोषण भएको पाइएको थियो ।

सो वर्ष अमेरिकामा ३ हजार ३७४ घटना दर्ता भएका थिए । अमेरिकी सेनामा यौन शोषणका यस्ता घटना सार्वजनिक हुनु नौलो विषय होइन । अहिले अमेरिकी महिला नौसेनाको नग्न तस्बिर समूहमा नै पोस्ट हुने गरेको यस्तै प्रकारको अर्को घटना सार्वजनिक भएको छ, जसले अमेरिकी सेनामाथि नै अर्को प्रश्न उठाइदिएको छ ।

अमेरिकी रक्षा विभागले नौसेनाका जवानले आफ्नै महिला सहकर्मीको नग्न र अर्धनग्न तस्बिर पोस्ट गरेको विषयमा छानविन सुरु गरेको हो । यो तस्बिर फेसबुकमा ‘मरिन युनाईटेड’ नामबाट बनेको समूहमा पोस्ट भएको थियो ।

यसमा धेरै अशिष्ट र आक्रामक कमेन्टहरु भएका थिए । यो समूह बन्द भइसकेको छ । जसमा ३० हजार कार्यरत र रिटायर्ड सैनिकहरु जोडिएका थिए । नौसेनाका वरिष्ठ अधिकारी सर्जेन्ट रोनाल्ड ग्रिनले भने, ‘यो हाम्रो मूल्य र विरासतमाथि सिधा चोट हो ।’

नौसेनाको आपराधिक जाँच सेवाले यस घटनाको जाँच सुरु गरिसकेको छ । ग्रीनले भने, ‘यो व्यवहारबाट साथी नौसैनिक, उनका परिवारका सदस्य र नागरिकको भावनामा आहत हुन्छ ।’

‘द वार हर्स’ नामको समाचारले यसको भन्डाफोर गरेको हो । मरिन युनाइटेडका सदस्यले गुगल ड्राइभमा होस्ट गरिएको एक फोल्डरमा एक लिंग पोस्ट गर्ने गर्दथे । यसमा महिला सैनिकको नांगा तस्बिर हुने गर्दथे ।

यसका साथमा ति महिलाको नाम, युनिट र ¥यांकको समेत जानकारी दिइएको हुन्थ्यो । त्यतिमात्रै होइन सदस्यहरुलाई धेरैभन्दा धेरै महिलाको यस्तो तस्बिर पोस्ट गर्न समेत उक्साइन्थ्यो ।

जुन समयदेखि अमेरिकी नौसेनाको इन्फान्ट्रीले महिलाको भर्ती सुरु गरेदेखि नै यो ग्रुपले काम गरिरहेको बताइएको छ । यस्ता तस्बिरमध्ये केही इन्स्टाग्रामबाट तस्बिर लिएर उनीहरुको अनुमति बिना नै यस्ता तस्बिरहरु पोस्ट हुने गरेको समेत जनाइएको छ ।